बैतडीको पुर्चौडी नगरपालिकामा आज र भोलि बिदा

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकामा आज र भोलि स्थानीय बिदा दिएको छ।

नगरपालिकाको वडा नम्बर १ हाटस्थित प्रसिद्ध त्रिवेणी राताशिला धाममा गिरेगडा कफलखाना जात्रा लाग्ने भएकाले आज र भोलि नगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको नगरपालिकाले जनाएको छ ।

पुर्चौडी क्षेत्रको मुख्य जात्राको रुपमा रहेको कफलखाना गिरेगडा जात्रामा स्थानीयहरुका साथै अन्यत्रका दर्शनार्थीहरु समेत आउने भएकाले दुई दिन सार्वजनिक बिदा दिइएको नगर प्रमुख दिपकबहादुर बमले बताउनुभयो।

गिरेगडा कफलखाना जात्रा हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्ने गर्दछ ।

यस्तै दशरथचन्द नगरपालिकाले पनि प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा आज बिदा दिएको छ । आज नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकायहरुमा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?