दार्चुला । प्रशिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ। बैतडीको दशरथचन्द नगरपालिका ८ स्थित प्रशिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा मंगलवार शुरु भएको जात्रा बुधवार पशुबलिसहित सम्पन्न भएको हो।
हरेक वर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन त्रिपुरासुन्दरीमा ठूलो जात्रा लाग्ने गर्छ। यो जात्रामा नेपालका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहेको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताउनुभयो ।
जात्रामा ५६ राँगा र त्यत्तिकै संख्यामा बोकाको बलि दिइएको छ। परम्पराअनुसार बलि दिने गरिएको छ।
त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रा शान्त र भव्य रुपमा सम्पन्न भएको जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया