कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु

दार्चुला । कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ मा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको उपचारको क्रममा आज मृत्यु भएको हो ।

४ दिन देखि अचेत अवस्थामा रहेका उनलाई नवजिवन अस्पताल धनगढीमा उपचार गरिदै थियो । ४ गते स्कुलमा कुर्सीमा बसेका बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेको थियो ।

उपचार गराउने क्रममा उनको आज बिहान मृत्यु भएको शिक्षक बम बहादुर बुढाले जानकारी दिनुभयो । मृतक शिक्षकका २ छोरी १ छोरा रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?