कञ्चनपुरमा गहनाकै लागी महिलाको हत्या, ६ जना पक्राउ

दार्चुला । कञ्चनपुरमा एक महिलाको गहना लुटनको लागी हत्या गरेका छन् । गत २० कात्तिकमा सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएकी जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको खुलेको हो । जोशीको हत्यामा संलग्नसहित अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले महिलाको हत्या गरेर उनले कान र नाकमा लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा सोही ठाउँ बस्ने महेश डगौरासहितका ६ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा डगौरालाई लुटिएका गहना बिक्रि गर्न सहयोग गर्ने डगौराका साथी धनगढी उपमहानगरपालिका(१३ बस्ने लक्ष्मण चौधरी, निरज भट्ट तथा बिल नभएरसुन खरिद गर्ने दिया सुनचाँदी पसलका खगेन्द्र बहादुर सोव, बर्दादेवी ज्वैलर्सका ईन्द्र बराल सुनार र सुजल सुनचाँदी पसलका दिपेन्द्र सिजापती रहेका छन् ।

मृतक जोशीलाई १९ कात्तिकमा घटनाका मुख्य अभियुक्त डगौराले घाँस काट्न एक्लै जंगलतिर गइरहेको देखेपछि लुट्ने उद्देश्यले आफू पनि महिलाकै पछि पछि गएको देखिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । डगौराले जंगलभित्र पुगेर मृतक महिलासँग घाँस काटिदिन्छु भन्दै हँसिया मागेका थिए ।

हँसियालाई केही टाढा फाल्दै मृतकको घाँटी थिचेको र हल्ला गर्न थालेपछि नाकमुख च्यापि पुनः घाँटिमा हातले दबाएर मृतककै चुन्नी जस्तो कपडाले घाँटी कसी मारेको बयान प्रहरीलाई डगौराले दिएका छन् ।

जोशीको हत्या गरिसकेपछि मृतकको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुलि निकालेर धनगढी गएका थिए । धनगढीमा बस्ने साथीहरुको सहयोगमा लुटपाट गरिएको सुन बिक्री गरेर नेपालगञ्ज, मुम्बई हुँदै बैंलोरसम्म गएर ३० कात्तिकमा फेरि धनगढी फर्किएका थिए ।

धनगढी फर्किएपछि साथी लक्ष्मण चौधरीसँग छाडेर गएको लुटेको बुलाकी बिक्री गरेपछि उनकै कोठामा बसेको बयान दिएका छन् ।

मृतकका छोरा मोहनराज जोशीले मुख्य अभियुक्त महेश डँगौरासहितका नाममा कर्तव्‍य ज्यान तथा लुटपाट शीर्षकमा जाहेरी दर्ता गरेपछि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?