मालिकार्जुन गाउँपालिकाले निःशुल्क लोकसेवा र शिक्षक सेवाको तयारी कक्षा संचालन गर्दै

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा संचालन गर्ने भएको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत सहायक पाँचौ तह ,चौथो तह र शिक्षक सेवा आयोगको निम्न माध्यमिक तह र प्राथमिक तहको लागि नि:शुल्क तयारी कक्षा संचालन गर्ने गरी सूचना जारी गरिएको र इच्छुक व्यक्तिहरूबाट निवेदन संकलन गर्ने काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिका भित्र रहेका विद्यार्थीहरूलाई लोकसेवा आयोग प्रति आकर्षित गर्न र लोकसेवा आयोगले संचालन गर्ने परिक्षामा सफल हुन प्रेरित गर्ने उद्देश्यले तयारी कक्षा संचालन गर्न लागिएको हो ।

गाउँपालिकाले पन्ध्र दिने सूचना जारी गरी इच्छुक विद्यार्थीहरू बाट निवेदन लिई जिल्ला भित्र उपलब्ध प्रशिक्षकहरू बाट तयारी कक्षा संचालन गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?