आजदेखि इजरायल र हमासबीच चार दिनका लागि युद्धविराम

दार्चुला । इजरायल र हमासबीच आज शुक्रबारदेखि चार दिनका लागि युद्धविराम लागु भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आज विहान ७ बजेदेखि युद्धविराम सुरु हुने जनाएको हो ।

आजै साँझ ४ बजे हमासको कब्जामा रहेका १३ बन्धक र सम्झौता अनुसार इजरायली जेलमा रहेका प्यालेस्टायनी छुट्ने कतारी विदेश मन्त्रालयले जनाएको छ । रिहाइ हुनेको नाम भने सार्वजनिक गरिएको छैन ।

चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?