जन्ती बोकेको जिप दुर्घटना

दार्चुला । बझाङमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। आज शुक्रबार दिउँसो जिल्लाको छबिसपाथिभेरा गाँउपालिकाबाट जन्ती लिई सुर्मा गाँउपालिका फर्किँदै गरेको १६ जना सवार सुदूरपश्चिम प्रदेश ०४००१ ज ००१९ नम्बरको जिप छबिसपाथिभेरा गाँउपालिका वडा नम्बर ५ खतेडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा सुर्मा गाँउपालिका वडा नम्बर ५ का ३० वर्षीय खगेन्द्र जेठारा र १७ वर्षीय समु बोहरा घाइते भएका छन्।

उनीहरूको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ। जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?