दार्चुला । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
पाटन नगरपालिकाका मेयर गौरी सिंह रावलले एक समारोहबीच हिजो आइतवार बैंकको पाटन शाखाको उद्घाटन गर्नुभएको हो ।
नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको सङ्ख्या ३ सय ५१ पुगेको छ । ग्लोबल आईएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
यस्तै बैतडीको पाटन नगरपालिका ८ खोड्पे बजारमा आजदेखि ग्लोबल आइएमई बैंकले एटीएम सञ्चालनमा ल्याएको छ । डडेल्धुरा शाखा अन्तर्गतको खोड्पे उपशाखाले खोड्पे बजारमा एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया