इजरायल र हमासबीचको युद्धविराम थप दुई दिन लम्ब्याउने सहमति

दार्चुला । इजरायल र हमासबीच थप २ दिन युद्धबिराम लम्ब्याउने सहमति भएको छ । कतारले जनाए अनुसार दुई पक्षबीच थप दुई दिन युद्धबिराम लम्ब्याउने सहमति भएको हो । यसअघि चार दिनका लागि युद्धविराम भएको थियो । यो समयावधि आज बिहान सकिएसँगै मध्यस्थकर्ता कतारले इजरायल र हमासबीचको युद्धविराम थप दुई दिन लम्बिने जनाएको छ ।

सो अवधिमा हमासले थप २० जना महिला र बालबालिकालाई रिहा गर्ने भएको छ । चार दिने युद्धविराम सकिनु अघि सोमबार हमासले थप ११ जना इजरायलीलाई रिहा गरेको थियो । रिहा गरिएकामा तीन वर्षीया जुम्ल्याहा सहित महिला र बालबालिका रहेका छन् । त्यसको बदलामा इजरायलले ३३ प्यालेष्टेनी बन्दी रिहा गरेको छ ।

सम्झौता अनुसार हमासले एकजना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमति थियो । सम्झौता अन्तर्गत हमासले अहिलेसम्म कुल ५० जना इजरायली बन्धकलाई रिहा गरेको छ ।

बदलामा इजरायलले आफ्नो जेलबाट १ सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?