उत्तराखण्डको एक सुरुङभित्र फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार

दार्चुला । भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरूको सकुशल उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको आज मङ्गलवार बेलुकी उद्धार भएको हो ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरूलाई भेट्नुभएको छ । उद्धार शुरु भएसँगै सुरुङ आसपासमा खुशी मनाइएको छ । मजदुरहरूलाई फूलमाला र ताली बजाएर स्वागत गरिएको छ ।

सुरुङभित्र फसेका मजदुरको उद्धारका लागि शुरुमा पहिरो पन्छाउने प्रयास भएकोमा त्यहाँबाट सम्भव नभएपछि पहाड माथिबाट एउटा ठाडो र अर्को तेस्रो प्वाल बनाइएको थियो । ठाडोतर्फको प्वालबाट मजदुरलाई बाहिर निकालिएको हो ।

९० सेन्टिमिटर व्यास भएको पाइप जडान गरेर त्यहाँबाट एक/एक जना गर्दै मजदुरलाई बाहिर निकालिएको हो । एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?