अब जुनसुकै विषयमा स्नातक गरेकाले स्नातकोत्तरमा नेपाली र अंग्रेजी पनि पढ्न पाउने

दार्चुला । त्रिभुवन विश्वविद्यालयमा जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका छन् । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको, वा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त कुनैपनि विश्वविद्यालयबाट न्यूनतम १०० पूर्णाङ्क वा सो सरह अंग्रेजीसहित कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकोले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका हुन् ।

अंग्रेजी मात्रृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकाले समेत पढ्न पाउनेछन् ।

यस्तै जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा नेपाली विषय पनि पढ्न पाउने भएका छन्।

त्रिभुवन विश्वविद्यालय नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने निर्णय गरेको हो ।

त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्नेछ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?