दार्चुला । कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किँर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना हुँदा २५ वर्षीय सुमन थारुको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
बुधवार बेलुका सुमन थारुले चलाएको से७प ५३४७ र लवकुश चौधरीले चलाएको सुदूरपशिचम प्रदेश ०१००१० प १९०२ नम्बर को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका वडा नम्बर–२ का २५ वर्षीय सुमन थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा राति मृत्यु भएको जनाइएको छ। घाइते भएका बर्दगोरिया–२ का ४९ वर्षीय लवकुश चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया