नेकपा एसका केन्द्रीय सदस्य विष्ट र जिल्ला अध्यक्ष भट्टसहितका नेता एमालेमा प्रवेश

दार्चुला। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र विष्टसहितका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

‘जुलाघाट-चिवा भञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत गोठलापानीमा भएको विशाल जनसभामा एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले विष्टसहित नेकपा (एकीकृत समाजवादी) का बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, नेपाली कांग्रेसका महासमिति सदस्य सरस्वती कोली (पाटन नगरपालिकाका पुर्व उप-मेयर) लगायतका नेताहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो ।

बिहीबार बिहान बैतडीबाट एमालेले ‘जुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को सुरुवात गरेको छ। झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि गोठलापानीमा जनसभा गरेको हो। एमालेका शिर्ष नेताहरू बैतडीको कार्यक्रम सकेर आजै डडेल्धुरा प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?