भारतको गुजरातमा नक्कली सिरप खाँदा पाँचजनाको ज्यान गयो

दार्चुला । भारतको गुजरात राज्यमा नक्कली सिरप (पेय पदार्थ) सेवन गर्दा दुई दिनमा कम्तीमा पाँचजनाको ज्यान गएको छ भने अन्य दुईजना अस्पताल भर्ना भएका छन्।

प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लामा भएको हो। प्रहरीका अनुसार सिरपमा मिथाइल अल्कोहल रहेको पाइएको छ।

‘पछिल्ला दुई दिनमा सिरप खाँदा पाँच जनाको ज्यान गएको छ भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ’, वरिष्ठ प्रहरी अधिकृत राजेश गढियाले सञ्चारमाध्यमलाई भन्नुभयो। एक गाउँलेको रगत नमुना रिपोर्टले सिरपमा ‘मिथाइल अल्कोहल’ रहेको पुष्टि गरेको उनको दाबी छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पसलले करिब ५० जनालाई नक्कली सिरप बेचेको थियो।

प्रहरीले पसलेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बिलोदरा गाउँको एउटा पसलमा सिरप सहजै बिक्री हुने गरेको पाइएको छ। एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?