दार्चुला । बैतडीको पञ्चेश्वर गाउँपालिकामा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा मंसिर १७ र १८ गते का दिन बिदा दिइएको गाउँपलिकाले जनाएको छ।
कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।
कैलापाल धुरा जात्राको अवसरमा आइतबार र सोमबार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्ने गर्दछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया