दार्चुला । कैलालीको जानकी गाउँपालिकामा कार्यरत नापी सर्वेक्षक भारतको बेलरायाँमा मृत अवस्थामा फेला परेका छन्। दश दिनअघि घरबाट औषधी उपचार गर्न भनी गएका ४१ वर्षीय रमण बम भारतको बेलरायाँ र सिंघाई नजिकै शनिबार मृत अवस्थामा फेला परेका हुन्।
उनका आफन्त महेन्द्रसिंह बमका अनुसार उनी बेला बेला उपचारका लागि भारत जाने गरेका थिए। दश दिनअघि पनि उपचारकै लागि गएका थिए । शनिवार उनको शव फेला परेको बताइएको छ ।
शवको पोष्टमार्टम् भारतको लखिमपुरमा गरेर शनिबार राति नै शव टीकापुर अस्पतालमा पुर्याइएको आफन्त महेन्द्रसिंह बमले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया