दार्चुला । कैलालीबाट भरुवा बन्दुकसहित बझाङका एक जना युवक पक्राउ परेका छन् ।
शनिवार साँझ जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सल्लेरीबाट १ थान भरुवा बन्दुकसहित सोही ठाउँ ससुराली बस्दै आएका बझाङ केदारसिउ गाउँपालिका ६ घर भएका ३७ वर्षीय वीर बहादुर धामी पक्राउ परेका हुन् ।
धामीले भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले खोज तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारेको हो । बन्दुकसहित धामीलाई पक्राउ गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया