दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले शैक्षिक शत्र २०८० भित्र विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलन गर्ने उद्धेश्यले लेकम गाउँपालिका भित्रका ४७ वटै विद्यालयको स्थलगत अनुगमन गर्न लागेको छ ।
लेकम गाउँपालिकाको शिक्षा कार्यदलले यहि मंसिर १८ गते सोमबारदेखि स्थलगत अनुगमन गर्ने गरी समयतालिका सार्वजनिक गरिएको छ । विद्यालय समायोजन तथा दरबन्दी मिलन गर्नुपुर्व व्यापक रुपमा स्थलगत अनुगमन गरिने भएकोले सम्बन्धित सबै विद्यालयका विद्यालय व्यवस्थापन समिति, प्रधानाद्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दल लगायत सरोकारवाला सबैको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
लेकम गाउँपालिकाले मंसिर १३ गते सार्वजनिक सूचना प्रकाशन गर्दै मंसिर १८ गतेदेखि ३० गतेसम्म दुई वटा कार्यदल बनाएर ४७ वटै विद्यालयको स्थलगत अनुगमन गरिने जनाएको छ ।
कार्यदल र समयतालिका हेर्नुहोस




विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया