दार्चुला । पुर्वी अफ्रिकी मुलुक तान्जानियामा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएका ८५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बाढी पहिरोका कारण हजारौं विस्थापित भएका छन् । तान्जानियाको कातेश शहर बाढी र पहिरोले बढी प्रभावित भएको छ ।
गत शनिबारदेखि प्रतिघण्टा १ सय ८६ मिलिमिटर मापन गरिएको वर्षापछि बाढी र पहिरो जाँदा सडक बन्द हुनुका साथै बिजुली आपुर्ती समेत अवरुद्ध हुन पुगेको छ ।एजेन्सी
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया