कैलालीमा एक घरबाट ३ लाख नगदसहित १२ तोला सुनचाँदीका गरगहना चोरी

दार्चुला । कैलालीमा एक घरबाट नगदसहित सुन चाँदीका गरगहना चोरी भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर करन बानियाको घरबाट ८ तोला सुनका गरगहना, ४ तोला चाँदीको सामान र ३ लाख नगद चोरी भएको हो । पुजाका लागि पहाड घर डोटी गएका बेला बानियाको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।

सपरिवार बुधबार पुजाका लागि डोटी गएका बेला घरमा आइतबार चोरी भएको थाहा भएको बानियाले बताउनुभयो । चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले बताउनुभयो ।

आइतबार साँझ घर पुग्दा चोरी भएको प्रहरीलाई खबर गरिएको थियो । आज निवेदन दर्तापछि अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?