दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले शैक्षिक शत्र २०८० भित्र विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलन गर्ने उद्धेश्यले लेकम गाउँपालिका भित्रका ४७ वटै सामुदायिक विद्यालयको स्थलगत अनुगमन गरिरहेको छ ।
लेकम गाउँपालिकाको शिक्षा कार्यदलले सोमबारदेखि स्थलगत अनुगमन सुरु गरेको हो । हिजो अनुगमनको पहिलो दिन केदारनाथ आवि बिथ्थड, लटिनाथ आवि चौड बिथ्थड, बडीपुर मावि सर्मोली, मालिकार्जुन आवि बन्डोली र हुनैनाथ आवि डोबिगाउँ गरी पाचँ वटा विद्यालयमा सरोकारबालाहरुसंग कार्यदलले छलफल सगै अनुगमन गरेको थियो । यस्तै मंगलबार (आज) वडा नम्बर ६ मा रहेका खोदाइनाथ आवि गणेत, बालिचन आवि तिउनेगाउँ, मालिकार्जुन मावि तेलिगाउँ र मालिकार्जुन आवि उचाकोटमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सघं, प्रद्यानाध्यापक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी लगायत सरोकारबालाहरुसंग छलफल तथा अनुगमन गरिएको लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशवराज ओझाले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष रामदत्त जोशी र उपाध्यक्ष माधवी जोशीको नेतृत्वमा दुई टोली बनाएर विद्यालयहरुमा अनुगमन तथा छलफल भइरहेको उहाँले बताउनुभयो ।
बुधबार (भोली) भैरबनाथ आवि श्रिपुर, हुनैनाथ आवि सिरोडा, लटिनाथ नमुना मावि चौपाता र लटिनाथ आवि टकनामा आबश्यक छलफल तथा अनुगमन गरिने भएकाले सरोकारवाला सबैको उपस्थितिको लागी अनुरोध गरीएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया