दार्चुला । शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्याएका नेपाल शिक्षक महासंघ दार्चुला जिल्ला अध्यक्ष राजेश सिंह सामन्तले शिक्षकबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रिय माबि दत्तुका प्रधानाध्यापक समेत रहनुभएका सामन्तले शिक्षक पदबाट राजीनामा दिएपछि शिक्षा निमावली २०५९ को नियम १३० को १ बमोजिम माग गरिएको मितिदेखि लागु हुने गरी माध्यमिक तह तृतिय श्रेणीको शिक्षक पदबाट सामन्तको राजीनामा स्वीकृत गरिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।
२४ वर्षदेखि शिक्षक पेशामा कार्यरत सामन्तको विगत केही वर्षयता घाँटीमा समस्या देखिएको थियो । स्वास्थ्य समस्याका कारण राजीनामा दिनुपरेको शिक्षक सामन्तले बताउनुभयो ।
शिक्षा क्षेत्रका सरोकारवाला तथा शुभचिन्तकहरूले विद्यालय शिक्षामा सामन्तले महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै सेवा निवृत्त जीवनको शुभकामना व्यक्त गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया