कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दार्चुला । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

सोमबार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुपप्र ०१०१०प३८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भिर घाइते भएका धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा बुधबार मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?