दार्चुला । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य सञ्चालक केदारनाथ शर्मासहितका चार जनालाई ठगी मुद्दामा अनुसन्धान गर्न कञ्चनपुर ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले सहकारीको शाखा कार्यालय महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुको उजुरीका आधारमा अनुसन्धानका लागि उनीहरुलाई कञ्चनपुर ल्याइएको जानकारी दिनुभयो।
उहाँका अनुसार मुख्य सञ्चालक शर्मा, उनकी श्रीमती गीता शर्मा, सञ्चालक समितिका सदस्य पुष्कर मल्ल र अमिशराज भण्डारीलाई अनुसन्धानका लागि कञ्चनपुर ल्याइएको हो । उनीहरुविरुद्ध ३१ करोड ९७ लाख ३ हजार ९५५ रुपैयाँ बचत हिनामिना गरी ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
चारै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




