दार्चुला । लागूऔषधसहित दुई युवक धनगढीबाट पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को त्रिनगर पोष्ट अगाडीबाट १३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित डोटीको के.आई.सिंह गाउँपालिका वडा १ बस्ने २० वर्षीय निश्चल शाही र के.आई.सिंह गाउँपालिका २ का २१ वर्षीय मनोज रावल आईतबार दिउँसो पक्राउ परेका हुन्।
भारतबाट नेपाल तर्फ आउदै गरेको अबस्थामा प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट खैरो हेरोईन फेला पारी दुबैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया