दार्चुला । बैतडीमा धारिलो हतियार प्रयोग गरेर एक महिलाको बिभत्स हत्या भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ३ बिजुलका अन्दाजी ३२ बर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी अन्दाजी ५६ बर्षीया हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि बिभत्स हत्या गरेका हुन् ।
चन्दले मंगलबार दिउँसो घरमै पुगेर बिष्टको सब्बल, हसिया लगायतका हतियारको प्रयोग गरेर हत्या गरेको स्थानीय भुवन भट्टले जानकारी दिनुभयो । बिष्टको शव क्षतविक्षत अवस्थामा घरको ढोकामा फालिएको थियो ।
इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो ।
मानसिक सन्तुलन ठीक नभएका चन्दले बिष्टको हत्या गर्नुका साथै उनको गोठमा रहेका दुई बाख्रा समेत मारिदिएका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया