इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई दुई लाखका दरले आर्थिक सहयोग

दार्चुला । इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

मंगलबार प्रदेश सरकारले मृतकका परिवारलाई यसअघि घोषणा गरेको रकम हस्तान्तरण गरेको हो। टीकापुरमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदुत हनन गोडेर गोल्डवेरगरको उपस्थितीमा मन्त्री भट्टले ७ जना मृतकका परिवारलाई चेक हस्तान्तरण गरेका हुन्।

७ अक्टोबरमा इजरायलमा हमासले गरेको आक्रमणमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत सुदुरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको मृत्यु भएको थियो। तीमध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए। आक्रमणमा परी बेपत्ता भएका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?