दार्चुला । डडेल्धुरामा आज जीप दुर्घटना भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जीप वडा नम्बर २ को रउतगाउँमा दुर्घटना भएको हो।

नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर बिष्टले वडा नम्बर २ को रउतगाउँमा जिप दुर्घटना भएको र ८ जना घाइते भएको बताउनुभयो। उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुसुम नायकले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?