बैतडीमा एक घरमा आगलागी हुँदा घर जलेर नष्ट

दार्चुला । बैतडीको एक घरमा आगलागी भएको छ । जिल्लाको पाटन नगरपालिका–२ बिनोडास्थित जयन्ती पन्तको घरमा बुधबार राति साढे ११ बजेतिर आगलागी हुँदा घर जलेर नष्ट भएको छ।

दुईकोठा र एक भान्सा भएको काठको भुँइतले घरमा आगलागी भएको र आगलागीबाट घरमा भएको सम्पूर्ण सामग्री समेत जलेर नष्ट भएका छन् ।

भान्सा कोठामा बालेको आगो घरमा सल्किएपछि आगलागी भएको स्थानीय ईश्वरदत्त पन्तले बताउनुभयो । जयन्ती पन्त र उनका दुई छोरा तल्लो घरमा रहेकाले मानवीय क्षति भने नभएको पन्तले बताउनुभयो ।

घरमा आगलागी हुँदा ५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?