मोबाइलको दुरुपयोग बढन् थालेपछि दार्चुलाको महेन्द्र नमुना माविमा विद्यार्थीलाइ मोबाइल फोन प्रतिबन्ध

दार्चुला । दार्चुलाको महेन्द्र नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध गरेको छ । जिल्ला सदरमुकाम खलङ्गाको महाकाली नगरपालिका–४ मा रहेको विद्यालयले हिजो बुधवारदेखि लागू हुनेगरी मोबाइल फोन प्रतिबन्ध गरेको हो ।

विद्यार्थीले मोबाइल फोनको दुरुपयोग गर्न थालेपछि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध गरेको प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । विद्यार्थीले पढाइमा ध्यान कम दिने गरेको र कक्षाकोठामा समेत मोबाइल फोन चलाउन थालेपछि प्रतिबन्ध लगाएको उहाँले बताउनुभयो । विद्यार्थीले मोबाइल फोनलाई खाली फोटो खिच्ने र सामाजिक सञ्जाल फेसबुक चलाउन प्रयोग गर्ने गरेको पाएपछि प्रतिबन्ध लगाइएको प्रधानाध्यापक जोशीले बताउनुभयो ।

विद्यालयले मोबाइल फोन प्रतिबन्ध गरिएकोबारे जिल्ला प्रशासनसहित जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी गराएको विद्यालयले जनाएको छ ।

महेन्द्र नमुना माविमा शिशु कक्षादेखि १२ सम्मको पढाइ हुने गरेको छ । साथै उक्त विद्यालयमा प्राविधिक विषयको पनि पढाइ हुँदै आएको छ । सो विद्यालयमा झन्डै २८ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?