दार्चुला । गृह मन्त्रालयले बैतडीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेश पन्थीको सरुवा भएको छ । बैतडीका सिडिओ पन्थी सहित १६ जना सहसचिवको सरुवा भएको हो । पन्थीलाई बैतडीबाट नवलपरासीे पश्चिमको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको जनाइएको छ ।
२०७९ जेठमा प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडी आएका पन्थीको डेढ बर्षपछि सरुवा भएको हो ।
पन्थीको बैतडीबाट सरुवा गरेको भएपनि बैतडीको सिडिओमा कसलाई पठाउने भन्ने बारेमा केही निर्णय भएको छैन् । बैतडीमा आउने सिडिओको टुंगो लागेपछि मात्रै प्रमुख जिल्ला अधिकारी पन्थी बैतडीबाट नवलपरासी पश्चिम जाने जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया