दार्चुला । डा. गोविन्द केसीले थालेको अनशन विरुद्ध धनगढीमा प्रदर्शन गरिएको छ । प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा विरुद्धमा केसीले अनशन थालेको भन्दै शनिवार धनगढीमा प्रदर्शन गरिएको हो ।

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले गरेको प्रदर्शनमा डा. केसीविरुद्ध नाराबाजी समेत गरिएको थियो । सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै अनसन बन्न केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा पुगेका थिए ।

प्रदेशवासीले मेडिकल विश्वविद्यालयको माग गरिरहेका बेला केसीले प्रतिष्ठानको बिषय उठाएपछि संघर्ष समिति र केसी विरुद्ध भनाभन भएको थियो । त्यसपछि डा. केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका छन् ।

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले भने केसीको अनसन सुदूरपश्चिमवासीको माग विरुद्ध भएको जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?