दार्चुला । इजरायलले गाजापट्टीको जबलिया शरणार्थी शिविरमा गरेको हवाइ हमलामा परेर ९० जनाको मृत्यु भएको छ । हमलामा सयभन्दा बढी घाइते भएका छन् ।
जबलिया शहरको अल बार्श र अलवान परिवार रहने गरेको सो शिविरमा गरिएको हमलामा मारिनेमा महिला र बालबालिकाको संख्या अत्यधिक रहेका छन् । टनामा दर्जनौ बेपत्ता भएको प्यालेष्टेनी समाचार एजेन्सी वाफाले जनाएको छ । हमलापछि भग्नावशेषमा परिणत भएको उक्त शिविरमा केही फसेको आशंका गरिएपनि उद्धार कार्यमा कठिनाइ भएको वाफाले जनाएको छ ।
गत अक्टोबर ७ देखि इजरायलले गाजापट्टीमा आक्रमण जारी राख्दा हालसम्म १९ हजार प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया