सुदूरपश्चिम महोत्सवमा पल शाहको तीन तोलाको सुनको ब्रासलेट हरायो

दार्चुला । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाहको ब्रासलेट हराएको छ। स्रोतका अनुसार अस्ति शनिबार शाहको करिब ३ तोला दाबी गरिएको सुनको ब्रासलेट हराएको हो।

स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो? भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ।

ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताउनुभयो। उहाका अनुसार हराएको ब्रासलेट फेला परेको छैन। तर शाहले ब्रासलेट हराएकोमा कुनै दुःख व्यक्त नगरेको र त्यसलाई धनगढीको मायाका रुपमा लिएको कुँवरले दाबी गर्नुभयो।

हिजो महोत्सव कार्यक्रममा उद्घोषकले पनि नायक शाहको ब्रासलेट हराएको जानकारी गराएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?