दार्चुला । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनशन तोडेका छन् ।
गत शुक्रबार धनगढीमा अनशन सुरु गरेका केसीले आज धनगढी उपमहानगरपालिका–७ की रेनुका चौधरी र धनगढी–१ की अञ्जली नेपालीको हातबाट जुस पिएर ७२ घण्टापछि अनशन तोडेका हुन् ।
धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसी अनशन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुने बताइएको छ । डा. केसीले विभिन्न माग राखेर ७२ घण्टा अनशन बस्ने घोषणा गरेका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




