दार्चुला । डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको भागेश्वरवाट डडेल्धुरा सदरमुकाम तिर आइरहेको सुदूरपश्चिम प्रदेश ०४-००१ च १८८ नम्बरको जिप आईत बजार नजिक दुर्घटना भएको थियो ।
दुर्घटनामा परि अमरगढी नगरपालिका ८ बस्ने ४० वर्षका दानबहादुर ओलीको मृत्यु भएको हो । दुर्घटनामा नवदुर्गा गाउँपालिका ९ बस्ने ३० वर्षका दीपक बुढाऐर र नवदुर्गा ४ बस्ने २७ वर्षका दीपेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनामा तीन जना घाइते भएका थिए । घाइते मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोडमा जिप पल्टिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




