दार्चुला । भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिकको मृत्यु भएको छ । जम्मु–कश्मीरको राजौरी जिल्लामा आतंकवादी समूहले सैनिकका दुईवटा गाडीलाई निशाना बनाएर थापेको एम्बुसमा परी अरु दुई जवान घाइते भएका छन्।
घटनापछि सैनिकले आसपासको क्षेत्रलाई घेरा हालेर कारबाही जारी राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सैनिक गाडी एम्बुसमा परेपछि आतंकवादी समूहले अन्धाधुन्ध गोली चलाएको थियो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया