दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ खरकडामा अवस्थित गल्लाकेदार मावी खरकडाले टोल टोलमा पुगेर अभिभावक भेटघाट कार्यक्रम सुरु गरेको छ । विद्यालयको नयाँ कार्यक्रम अनुसार शैक्षिक जागरण अन्तरगत शिक्षा क्षेत्रमा सफलता हासिल गर्ने उद्धेश्यसहित शनिबारबाट अभिभावक भेटघाट कार्यक्रमको सुरुवात गरेको विद्यालयका प्रद्यानाध्यापक दामोदर पन्तले बताउनुभयो ।
उक्त भेटघाटमा विद्यालयका शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश कुवर, व्यवस्थापन समिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । उक्त टोलीले टोल टोलमा पुगेर शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको पढ्ने बानी विकासका विषयमा अभिभावकसंग छलफल गरिरहेको उहाँले बताउनुभयो ।
शनिबार भेटघाटको पहिलो दिन वडा नम्बर ४ मै रहेको ग्वानी टोल, झलाती तोली, रानीखेत, राब्लापानी, रुनडा टोलमा अभिभावक भेटघाट गरिएको विद्यालयले जनाएको छ । उक्त कार्यक्रम सम्पुर्ण टोलहरुमा पुगेर अभिभावकसंग छलफल गर्दै सम्पन्न हुने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया