दार्चुला । बाजुरको गौमुल गाउँपालिकाको केन्द्र नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति ११ बजे घट्मुनाबाट सियाढुङ्गगा जाने क्रममा मालिबनमा जीप दुर्घटनामा परेको हो । जीप दुर्घटनामा चालक देवेन्द्र नाथको मृत्यु भएको आफन्त राम नाथले बताउनुभयो ।
जय मालिका यातायात प्रा.लि.का गौमुल गाउँपालिका काउन्टर ईन्चार्ज मदन रोकाया घाईते भएका छन् । घटना बारे थप विवरण आउँन बाँकी रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया