बैतडीमा जारी प्लेट च्याम्पियनसिपको उपाधि बझाङलाई

दार्चुला । बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात प्लेट च्याम्पियनसिपको उपाधि बझाङले हात पारेको छ।

उपाधिसँगै बझाङ इलाइट च्याम्पियनसिपका लागि पनि छनौट हुन सफल भएको छ। प्लेट च्याम्पियनसिपको अन्तिम खेलमा शुक्रबार डोटीलाई ६ विकेटले हराउदै बझाङ छनौट भएको हो।

विजेता टोलीलाई दशरथचन्द नगरपालिकाका पुर्व नगरप्रमुख नरेन्द्रसिंह थापा, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द, उपाध्यक्ष लोकराज जोशी, सचिव सिद्धराज बोकटीलगायतले पुरस्कार वितरण गरेका हुन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियोे। प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ। पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भएको हो। दोस्रो चरणमा बैतडी र कैलालीमा इलिट च्याम्पियनसिपका खेलहरू हुनेछन्।

प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर, अछाम र बझाङ सहभागी हुनेछन्। गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन्। इलिट च्याम्पियनसिपको पहिलो खेलमा शनिबार बैतडी र बझाङसबिचको खेल बैतडीमै हुनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?