दार्चुला । कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ६ चानदेव ढक्का स्थित सुदूरपश्चिम प्रदेश ०१००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोहि ठाउँका भुपेन्द्र सिंहकी ११ वर्षीया छोरी अमृता सिंहको मृत्यु भएको हो।
ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक शुक्लाफाटा नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय मानबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




