दार्चुला । डडेल्धुरामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छिन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणी घर भइ हाल डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ बस्दै आएका ३६ वर्षीय नरेश नाथको हत्या आरोपमा उनकी श्रीमती २८ वर्षीय पशुपति नाथ बिहीबार पक्राउ परेकी हुन् ।
हिजो (बुधबार) राति पशुपतिले लाठी र मिजुराले प्रहार गरि कुटपिट गरेर नरेशको हत्या गरेको भन्दै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिनुभयो ।
पक्राउ परेकी पशुपतिमाथि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




