लेकम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरू, १० वटै मावि प्रतिस्पर्धामा (फोटोफिचर)

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन भएको छ । स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने नाराका साथ लेकम गाउँपालिका वडा नम्बर ३ मा अवस्थित लाली खेलमैदानमा बुधबार (आज) प्रतियोगिताको उद्घाटन गरिएको हो ।

प्रतियोगितामा लेकम गाउँपालिका भित्रका १० वटै माध्यमिक विद्यालयको सहभागिता रहेको छ । शिक्षा शाखा प्रमुख केशवराज ओझाको अध्यक्षता उद्घाटन भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण दत्त भट्ट, लेकम गाउँपालिकाका निर्वतमान अध्यक्ष परमानन्द जोशी लगायतको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, कृष्ण स्नातक क्याम्पस लालीका प्रमुख केशवराज जोशी, विभिन्न विद्यालयका प्रद्यानाध्यापक, शिक्षक, प्रशिक्षक, विद्यार्थी, खेलप्रेमी, सञ्चार तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेलहरु सञ्चालन भइरहेका छन् ।

प्रतियोगिताको पहिलो दिन आज १०० र ४०० मिटर दौड, मार्चपास, लम्पजम्प लगायतका खेलहरु खेलाइएको छ । थप खेलहरू भोलिदेखि हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?