कुखुरा चोरीको आरोपमा ६ जना पक्राउ

दार्चुला । बैतडीको गोकुलेश्वरमा कुखुरा चोरीको आरोपमा ६ जना पक्राउ परेका छन्। गएराति (बिहीवार) उनीहरुले कुखुरा फर्मबाट ब्रोइलर कुखुरा र मसला चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले कुखुरा फर्मबाट दुईवटा ब्रोइलर कुखुरा, खुर्सानी, टमाटर, अदुवा, प्याज, धनिया र मसला चोरी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

चोरीमा संलग्नको नाम भने खुलाइएको छैन्। पक्राउ परेका मध्ये चार जनालाई छोडेको र दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?