आजदेखि बैतडीको शाहिलेकमा कपडा बैंक सञ्चालन

दार्चुला । बैतडीको शाहिलेकमा आजदेखि कपडा बैंक सञ्चालनमा आएको छ । “हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर सहयोग गरौँ” भन्ने अभियानका साथ माघ १ गते सोमबारदेखि औपचारिक शुभारम्भ गरिएको हो ।

महेश दत्त भट्ट, हेमबाबु लेखक, मोहित भण्डारी र विवेकान्द पाण्डेयले मिलेर कपडा बैंक सञ्चालनमा ल्याएका हुन ।

आईतबार देखी कपडा बैंकका लागि कपडा संकलन सुरु भएको युवा समाजसवी महेश दत्त भट्टले बताउनुभयो । बिरेन्द्र माद्यमिक विद्यालयका १७ जना असहाय बालबालिकाहरुलाई न्यानो लुगा दिएर औपचारिक शुभारम्भ गरिएको भट्टले बताउनुभयो ।

कपडा बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्धत गर्ने जनाइएको छ । यस कपडा बैंकमा कपडा दिएर सहयोग समेत गर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?