दार्चुला । डोटीमा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर १ की ३५ बर्सिया जगुली देवी भूलको जङ्गली बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।
मङ्गलवार बिहान बँदेलले आक्रमण गर्दा घाइते भएकी उनको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा दिउँसो साढे १२ बजेतिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिनुभयो ।
आज बिहान करिब ९ बजेतिर नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ बर्सिया भगी भुल घाइते भएकी थिइन । भगीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया