दार्चुला । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्षको निधन भएको छ । लामो समय देखी बिरामी भएकी मैना जोशीको गए राती मृत्यु भएको हो ।
५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।
पछिल्लो केही समययता उनको उपचार जारी रहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको पारिवारिक श्रोतले बताएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया