दार्चुला । बैतडीमा टिप्पर दुर्घटना भएको छ। मेलौली नगरपालिकाबाट पाटन तर्फ आइरहेको टिप्पर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सुप्रप ०१००१ क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडकको जिरो पाइन्ट नजिक दुर्घंटनामा परेको हो। टिप्पर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताउनुभयो।
दुर्घटनामा परी टिप्पर चालक मेलौली १ का २४ बर्षीया गम्भीर टमटा र सहचालक मेलौली १ कै १९ बर्षीय रोहित दयाल घाईते भएका छन। घाइते मध्ये रोहित दयालको अवस्था गम्भीर रहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया