बैतडीको मेलौलीमा टिप्पर दुर्घटनामा परी सहचालकको मृत्यु

दार्चुला । बैतडीमा टिप्पर दुर्घटनामा परेर घाइते भएका सहचालकको मृत्यु भएको छ । जिल्लाको मेलौलीबाट पाटन तर्फ आइरहेको सुप्रप ०१००१ क २३९४ नम्बरको टिप्पर दुर्घटनामा परेर मेलौली १ का १९ बर्षीय रोहित दयालको घटनास्थलमै मृत्यु भएको हो । टिप्पर दुर्घटना परेर घाइते भएका सहचालक दयालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिप्पर दुर्घटना हुँदा उनि च्यापिएर उद्धारमा कठिनाइ भैरहेको थियो । जेसिबी मगाएर उद्धार गर्दा उनि मृत फेला परेका हुन् । लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक बिहीवार बिहान साढे ८ बजे टिप्पर दुर्घटनामा परेको थियो । चालक मेलौली १ का २४ बर्षीय गम्भीर टमटालाई सामान्य चोट रहेको छ । टिप्पर सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?