मालिकार्जुन गाउँपालिकामा निशुल्क आयोगका तयारी कक्षा माघ १० गतेदेखि सुरू हुदै

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा यहीँ माघ १० गतेदेखि निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन हुने भएका छन् ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण ईकाइले सञ्चालन गर्ने उक्त कार्यक्रमको आवश्यक तयारी पुरा भएका र १० गते शंकरपुर क्याम्पस पस्तीमा उक्त कार्यक्रमको सुभारम्भ गर्ने तयारी रहेको शाखा प्रमुख आरती शर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाले मंसिर ४ गते पहिलोपटक लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन हुने जानकारी गराएको थियो । सोहि अनुसार माघ १० गते उद्धघाटन लगत्तै शंकरपुर क्याम्पस पस्तीमा निस्शुल्क तयारी कक्षाहरु सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो ।

गाउँपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई मालिकार्जुन गाउँपालिकाले निस्शुल्क रुपमा तयारी कक्षाका माध्यमबाट प्रशिक्षण गर्ने भएपछि छनोट भएका सरोकारवाला विद्यार्थीहरु खुशी भएका छन ।

May be an image of ticket stub and text

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?